२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

पोखराको साढे १३ हजार मत गनेर सकियो


२ जेठ, पोखरा । हालसम्म पोखरामा १३ हजार ६ सय ४३ मत गनिएको छ । गठबन्धन उम्मेदवार धनराज आचार्य मेयरमा करिब ७ सय मतान्तरले अगाडी छन् । उनले ५ हजार ६७ सय ४८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५ हजार ७८ मत पाए ।

उपमेयरमा पनि कांग्रेसकी कोपिला रानाभाटले ५ हजार ७ सय ७४ मत पाएकी छिन् भने एमालेकी मन्जुदेवी गुरुङले ५ हजार ५ सय ६४ मत पाइन् । हालसम्म ३ वटाको नतिजा पूरा आइसकेको छ भने अरुमा गणना भइरहेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार १८:२७