नुवाकोटको तादीमा नेपाली कांग्रेस विजयी
२ जेठ, नुवाकोट । नुवाकोट जिल्लाको तादी गाँउपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । भर्खरै सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार सन्तमान तामाङले ३२४१ मत प्राप्त गरेका छन । लामासँग पराजित भएका नेकपा माओवादी केन्द्रका किरण रिजालले २५१८ मत प्राप्त गरेका छन ।
उपाध्यक्षमा माओवादी केन्द्रकी सञ्जु प्याकुरेल श्रेष्ठ विजयी भएकी छिन । उनले ३३९७ मत प्राप्त गरिन । उनको निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी इश्वरी उप्रेतीले २७७८ मत प्राप्त गरेकी छिन ।
प्रकाशित मिति : May 16, 2022 at 5:05 pm









