५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

कांग्रेसलाई पराजित गर्दै पाल्पाको माथागढीको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी


२ जेठ, पाल्पा । पाल्पाको माथागढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका यमबहादुर चिदी र उपाध्यक्षमा विष्णुमाया लुङचे निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित भएका चिदीले ६ हजार १०९ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोषकुमार थापाले ५ हजार ५५४ मत पाए । यस्तै उपाध्यक्षमा निर्वाचित एमालेकी लुङचे ५ हजार ८८२ मत ल्याउँदा उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी विजयाकुमारी भट्टराईले ५ हजार ६४४ मत पाएकी छन् । यस पालिकामा २०७४ सालमा मेयर र उपमेयर दुवै कांग्रेसले जितेको थियो । तर यसपटक दुवै पदमा एमालेले कांग्रेसलाई पराजित गरेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार १५:२५