९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

बलात्कारीको संरक्षण गर्न खोज्ने कञ्चनपुरका सिडिअो र एसपी दुबै हटाइए

७ भदाै, काठमाडाैँ । बलात्कारीको संरक्षण गर्न खोज्ने कञ्चनपुरका सिडिअो र एसपी दुबै हटाइए छन । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिअो) कुमारबहादुर खड्का र एसपी डिल्लीराज विष्टलार्इ हटाएको हो ।  गृहमन्त्रालयले कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी र एसपी दुबैको सरूवा गरेको हो ।

१३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा आन्दोलन चर्किरहेका वेला प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई फिर्ता बोलाएर उनको ठाउँमा तारानाथ अधिकारीलाई पठाइएको छ । त्यस्तै मन्त्रालयले कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको पनि सरुवा गरेको छ ।

प्रकाशित मिति : August 23, 2018 at 4:49 pm