एमालेका विकास थापाले पाँच दलीय गठबन्धन हुँदा पनि भरतपुर ३ मा कांग्रेसको गढ भत्काए
२ जेठ, चितवन । भरतपुर महानगरपालिकामा नेकपा (एमाले) ले खाता खोलेको छ । कांग्रेसको गढ मानिने भरतपुर महानगरपालिका ३ मा एमाले उम्मेदवार विकास थापा विजयी भएका हुन् । उनले काँग्रेसका भरत लामिछानेलाई भारी मतान्तरले पराजित गरे ।
थापाले १६६६ मत प्राप्त गरे भने लामिछानेले १०४९ मत प्राप्त गरे । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले उक्त वडामा क्लिन स्वीप गरेको थियो । यसपटक माओवादीसहित पाँच दलसँग मिलेर चुनाव लड्दा पनि भारी मतान्तरमा कांग्रेस पराजित भएको छ । पराजित लामिछाने कांग्रेसको क्षेत्रीय सभापति पनि हुन ।
प्रकाशित मिति : May 16, 2022 at 2:15 pm









