ओखल्ढुङ्गा मानेभन्ज्याङ् गाउँपालीका अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली निर्वाचित
२ जेठ, ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र तर्फका उम्मेदवार ज्ञानेन्द्र रुम्दाली निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार रूम्दालीले जम्मा पाँच हजार २१ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनले धारा चुनाव चिन्ह लिएका थिए। उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार रूपलाल तामाङले ३८१५ मत ल्याएका थिए। यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका आश्राचन राई निर्वाचित भएका छन् । उनले ४७५० मत ल्याएका छन्।
निकटतम प्रतिद्वन्द्वी जसपाका दीपेन्द्र रुम्दालीलाई दुई हजार १७३ मतले पछि पार्दै उपाध्यक्षमा निर्वाचित भएका हुन् । स्थानिय तहका निर्वाचनमा ज्ञानेन्द्र रुम्दालीले जम्मा दुई हजार ५७७ मत प्राप्त गरेर विजयी भएका हुन् ।
प्रकाशित मिति : May 16, 2022 at 12:54 pm









