८ असार २०८३, सोमबार | Mon Jun 22 2026

नुवाकोटको बेलकोटगढी २ र १३ मा नेपाली कांग्रेस विजयी

२ जेठ, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर २ र १३ मा नेपाली कांग्रेस विजयी भएको छ । वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रामाचन्द्र तिमल्सिना ९१५ मतसहित विजयी भएका छन । उनीसँग निवर्तमान वडा अध्यक्ष नेकपा एमालेका उम्मेदवार रमेशप्रसाद न्यौपाने ४९६ मत ल्याएर पराजित भएका छन ।

वडा सदस्यहरुमा पनि सबै नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन । प्रेमबहादुर तामाङ, रामचन्द्र न्यौपाने, निरु तामाङ र विमला सुनार विजयी भएका छन । यस्तै १३ नम्बर वडाको अध्यक्षमा ७०३ मतसहित नेपाली कांग्रेसकै नवराज पाण्डे विजयी भएका छन ।

उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका धनबहादुर लामाले ४१७ मत प्राप्त गरेका छन । उक्त वडाको वडा सदस्यहरूमा भने सबै नेकपा एमाालेका उम्मेदवार विजयी भएका छन । एमालेबाट बिन्दा दर्जी, सीता पाण्डे, अमरसिंह लामा र हरिकुमार गुरूवाचार्य विजयी भएका छन ।

नेकपा एमालेको बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेको गृह वडा भएका कारण यसलाई चासोको रूपमा हेरिएको थियो ।

प्रकाशित मिति : May 16, 2022 at 12:49 pm