काठमाडाैँ महानगरपालिका वडा नम्बर २ मा एमालेको प्यानल नै विजयी
२ जेठ, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २ मा एमाले विजयी भएको छ । वडा नम्बर २ को अध्यक्षमा एमालेका राजेन्द्रकुमार श्रेष्ठ १३ सय ७९ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२६ मत प्राप्त गरेका छन् । श्रेष्ठ दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका हुन् । वडाका सबै सदस्य पनि एमाले नै निर्वाचित भएका छन् ।
प्रकाशित मिति : May 16, 2022 at 11:13 am









