११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

नुवाकोटको सूर्यगढी ३ मा एमाले विजयी, बद्री मैनाली आफ्नो वडा जिताउन सफल

२ जेठ, नुवाकोट । नुवाकोटको सूर्यगढी वडा नम्बर ३ मा नेकपा एमाले विजयी भएको छ । एमालेका वडा अध्यक्षमा उम्मेदवार पिंगलबाहादुर थापामागर ७७२ मतसहित विजयी भएका छन । उनको प्रतिस्पर्धी कांग्रेसका ऋषिबहादुर पौडेलले ७४९ मत प्राप्त गरेका छन । वडा सदस्यमा पनि एमालेकै जितबहादुर घले, शान्ति तामाङ र निता सुनार विजयी भएका छन । त्यस्तै अर्को एक सदस्यमा कांग्रेसका एकबहादुर थापामागर विजयी भएका छन । योसँगै एमाले नुवाकोटका अध्यक्ष बद्री मैनाली आफ्नो वडामा एमाले जिताउन सफल भएका छन । यो नेकपा एमाले केन्द्रीय सदस्य विन्दा ढुंगाना, नुवाकोट अध्यक्ष मैनाली र गाउँपालिका अध्यक्षमा उम्मेदवार राजेन्द्र रिजालले मतदान गरेको वडा हो ।

प्रकाशित मिति : May 16, 2022 at 8:59 am