२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

सूर्य थापाको वडामा गठबन्धनलाई धुलो चटाउँदै एमालेको शान्दार जित


१ जेठ, प्यूठान । झिमरुक गाउँपालिका वडा नम्वर १ मा नेकपा एमालेका ध्रुवराज खनाल पूनः वडा अध्यक्षमा विजयी भएका छन् । खनाल सहित अन्य सदस्यमा पनि एमालेका सवै सदस्य विजयी भएका छन् ।

आइतवार विहानै सम्पन्न मतपरिणाम अनुसार खनाल गठवन्धनबाट उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका राम बहादुर जिसीलाई ३ सय ९० मतले पछिपार्दै विजयी भएका हुन् । खनालले १ हजार ९ र जिसीले ६ सय १९ मत लिएका छन् । वडा सदस्यमा गिता सुनार, प्रतिमान पुन, यमुना घर्तीमगर र शंकर पोखरेल विजयी भएका छन् ।

यस वडामा यसअघि पनि एमालेको प्यानलै विजयी भएको थियो । झिमरुकमा हालसम्म १ वडाको मात्र अन्तिम नतिजा आएको छ । झिमरुक १ एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापाको गृह वडा भएकाले पनि यसलाई धेरैले उनको प्रतिष्ठासित समेत जोडेर हेरेका थिए । झिमरुकमा एमाले, माओवादीको बामगठवन्धन र कांग्रेस, राजमोको संयूक्त गठवन्धन छ ।

 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार १६:५७