६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

ललितपुर कोञ्ज्योसोममा एमाले अगाडि


१ जेठ, ललितपुर । ललितपुरको कोञ्ज्योसोम गाँउपालिकामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् । मतदान अधिकृत देवीकुमारी चौधरीका अनुसार नेकपा एमालेका राेहन लामाले एक हजार पाँच सय ३३ मत पाएका छन् भने गठबन्धनका उम्मेदवार गोपिलाल सिङ्तानले नाै सय ७५ मत पाएका छन् । उपमेयरमा पनि नेकपा एमालेकी रनिता तामाङले एक हजार ६४ मत पाएकी छिन् भने गठबन्धनका उपमेयर उम्मेदवार राजनप्रसाद घिमिरेले एक हजार दुई सय एक मत पाएका छन् ।

गाउँपालिकामा मत गणना निरन्तर भइरहेकाे र कुनै समस्या नआएको मतदान अधिकृत चौधरीले बताइन् । उनका अनुसार अहिलेसम्म दुई हजार सात सय २९ मत गणना भएको छ । यस पालिकामा ६ हजार चार सय ८६ मत खसेको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार १२:४१