६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

नवलपुरको बौंदीकाली गाउँपालिकामा एमाको विजयी


१ जेठ, पोखरा । नवलपुरको बौंदीकाली गाउँपालिका अध्यक्षामा एमाले उम्मेद्वार विजयी भएका छन् । एमालेका प्रकाश ओझाले कांग्रेसका खड्कबहादुर रानालाई ४ सय ३५ मतान्तरले पराजित गरेका हुन् । ओझाले ३ हजार ९ सय ७६ मत पाउँदा रानाले ३ हजार ५ सय ४१ मत पाए ।

उपाध्यक्षमा पनि एमालेकै उम्मेद्वार विजयी भएकी छिन् । एमालेकी डिलकुमारी खेसीले ३ हजार ९ सय ६२ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेद्वार धनकान्ती घिमिरेले ३ हजार ५६ मत मात्रै पाइन् । यसअघि यहाँ कांग्रेसले जितेको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार ११:४७