६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

झापा दमक ओलीको गृहनगरमा महागठबन्‍धनको अग्रसरता


१ जेठ, झापा । नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीको स्‍थायी घर जापा दमकका भोट परिणाममा महागठबन्‍धनले अग्रता लिएको छ । यस अघी एमालेको मतले अग्रता लिएको भएपनी भर्खरै सार्वजनक मत परिणाममा गठबन्‍धनको मत अगाडी देखिएको छ ।

यसैगरी महागठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपाका० उम्मेदवार राम थापालाई २१८५ मतसहित अग्रता लिएका हुन् । थापालाई एमालेका उम्मेदवार गीता अधिकारीले २१३६ मतका साथ पछ्याइराखेको अवस्था छ । महागठबन्धनका उम्मेदवार थापाले ४९ मतको अग्रता लिएका छन् ।

सुरुको मत परिणाममा राम थापाले अग्रता लिएका भएपनी त्यसपछिका मत परिणाममा निरन्तर एमाले उम्मेदवार अधिकारीको अग्रता देखियो । पछिल्लो परिणाममा थापा अगाडि लागेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार ११:३३