६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

नुवाकोटको विदुर १ मा एमाले विजयी, अध्यक्षमा लेनिन रञ्जित


१ जेठ, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ मा नेकपा एमाले विजयी भएको छ । एमालेका वडा अध्यक्षका उम्मेदवार लेनिन रञ्जित विजयी भएको र औपचरिक घोषणा हुन बाँकी रहेको एमाले विदुर नगरकमिटीका सचिव अनुजकुमार श्रेष्ठले जानकारी दिए । रञ्जितले ६९४ मत प्राप्त गरेका छन । उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवारले ४८५ मत प्राप्त गरेका छन ।

श्रेष्ठका अनुसार वडा सदस्यमा मिश्रित परिणाम छ । मेयर र उपमेयरमा भने नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनले अग्रता लिइरहेका छन । विदुर १ को मतगणना सकिएको छ भने २ र ३ को गणना भैरहेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार ११:०८