६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

नुवाकोटको बेलकोटगढीमा मेयरमा माओवादी र उपमेयरमा एमालेको अग्रता कायमै


१ जेठ, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकामा मेयरमा माओवादी र उपमेयरमा एमालेले सुरूवाती अग्रता कायम नै राखेका छन । गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवदी केन्द्रका जगत तामाङले प्रमुखमा १०८६ मतसहित अग्राता कायम गरिरहेका छन । जगतले अग्रता बढाउँदै लगेका छन ।

एमालेका उम्मेदवार राजेन्द्ररमण खनालले ६७५ मत प्राप्त गरेका छन । त्यस्तै नेकपा एमालेकी रूपा सापकोटाले उपमेयरमा ८९५ मतसहित अग्रता कामय गरेकी छिन ।  नेपाली कांग्रेसका उपमेयरको उम्मेदवार शिव दाहालले ७४० मत प्राप्त गरेका छन । माओवादीको उम्मेदवार नै नभए पनि उपप्रमुखमा १६६ मत प्राप्त भएको छ । उक्त मत स्वतः बदर हुन्छ ।

वडा नम्बर १ को परिणाम सार्वजनिक भैसकेको छ भने अहिले वडा नम्बर २ र १३ को मतगणना भैरहेको छ । जसमा वडा नम्बर १ मा एमालेका सन्तबहादुर तामाङको व्यानल नै विजयी भएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार १०:५२