१३ जेष्ठ २०८१, आईतवार | Sun May 26 2024

माडी १ मा राप्रपा विजयी, अध्यक्षमा अमित लामा


१ जेठ, चितवन । नेपाली कांग्रेसको गण मानिने माडी नगरपालिका-१ मा राप्रपाले वडाध्यक्ष जितेको छ । राप्रपाका अमित लामाले १४ सय ३३ मत ल्याएर विजयी भएका हुन् । उनी यसअघि सोहि वडाको वडा सदस्य थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जीवन चौधरी गुरौले ९४३ मत ल्याए भने एमालेका टिकाराम सुवेदीले १२६ मत मात्रै प्राप्त गरे ।

सदस्यमा पनि राप्रपाकै उमेदवार विजयी भएका छन् । राप्रपाका अप्सरा सुवेदी, दिपेन्द्र महतो, दलित महिला सदस्यमा गुना धमाला लोहार र कांग्रेसका जय नारायण लामिछाने निर्वाचित भए ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार ०८:४८