१३ जेष्ठ २०८१, आईतवार | Sun May 26 2024

गुल्मीको रेसुंगा नगरपालिकामा नेपाली कांग्रेस विजयी


३१ वैशाख, गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट मेयरमा खिलध्वज पन्थी र उपमेयरमा अमृतादेवी कुँवर विजयी भएकी हुन् । खिलध्वजले ८ हजार ६ सय १४ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजेन्द्र पाण्डेले ७ हजार ३ सय २० मत ल्याए ।

त्यस्तै उपमेयरमा पनि कांग्रेस उम्मेदवार अमृतादेवी कुँवरले ८ हजार ६ सय १९ मत प्राप्त गरेकी छिन् । उनकी प्रतिस्पर्धी एमाले उम्मेदवार रिता पाण्डेले ७ हजार २ सय ३१ मत प्राप्त ल्याइन् । रेसुंगाका १४ वडा मध्ये १० वटा वडामा कांग्रेस र ४ वटा वडामा एमाले उम्मेदवार विजयी भएका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा मेयर, उपमेयर दुवै पदमा एमाले उम्मेदवार विजयी भएका थिए । कांग्रेसका तर्फबाट वडा नं २ मा हिराबहादुर थापा, ३ मा बाबुराम खत्री, ४ मा लीलाधर आचार्य, ५ मा दुर्गाप्रसाद खनाल, ७ मा रामजीप्रसाद पन्थी, ९ मा कृष्णप्रसाद पाण्डे, १० मा रामबहादुर बस्नेत, १२ मा चेहरसिं टन्डन क्षेत्री, १३ मा हुमबहादुर बस्नेत र व१४ मा धनबहादुर पुन विजयी भएका छन् ।

एमालेबाट वडा नं १ मा रामप्रसाद पन्थी, ६ मा गनबहादुर गुरुङ, ८ मा निरञ्जन थापा र ११ मा खुमबहादुर राना विजयी भएका छन् । रेसुङ्गाले गुल्मीको सदरमुकाम तम्घास क्षेत्रलाई समेटेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार २३:४९