२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय प्रमको ऐतिहासिक सांस्कृतिक भ्रमण हुँदै


–अमृत गिरी

३१ वैशाख, लुम्बिनी । विश्व शान्तिको मुहान लुम्बिनी यतिबेला चरिच्याट्ट हुँदैछ । बुद्ध जयन्तिको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गर्नुहुने भएपछि लुम्बिनीमा चहलपहल तीब्र छ । चुनाबको चटारोकै बीचमा लुम्बिनीमा साजसज्जाका काम धमाधम चलिरहेका छन् । भारतीय सरकारका तर्फबाट अहिले हुन लागेको सांस्कृतिक भ्रमण ऐतिहासिक हो ।

चक्रवर्ती सम्राट अशोक, राजा कनिस्को र हर्षबद्र्धन (यकीन नभएको) पछिको ऐतिहासिक भ्रमण भारतीय प्रम मोदीबाट हुँदैछ । कोषका उपाध्यक्ष शाक्यपुत्र भिक्षू मेत्तैयाका अनुसार बौद्ध विचारलाई अझ विश्वव्यापी करण गर्न महामाहिम मोदीको भ्रमण एउटा कडी हुने बताउनुभयो । उहाँले लुम्बिनीको पर्यटन प्रबद्र्धनका लागि यसप्रकारको विशिष्ट सांस्कृतिक भ्रमण महत्वपूर्ण कडी हुने बताउनुभयो । ‘लुम्बिनी तीर्थ स्थल मात्रै होइन, बौद्धमार्गीहरुको स्थल मात्रै होइन र अन्तर्राष्ट्रिय केन्द्र पनि हो भन्ने कुराको बोध गराउन पनि यसप्रकारका भ्रमणले मद्दत गर्नेछ’ भिक्षू मेत्तैयाले भन्नुभयो–‘बौद्ध विचारले नै सारा विश्वलाई डो¥याउने र नेतृत्व गर्ने कुराको विस्तारै पुष्टि हुँदै गइरहेको छ ।’

लुम्बिनीको गुरुयोजना अनुरुपका काम पनि पूरा हुने चरणमा रहेको र लुम्बिनीमै अन्तर्राष्ट्रिय ध्यान केन्द्र समेत निर्माण भएको अवस्थामा मोदीको उच्चस्तरीय सांस्कृतिक भ्रमण हुन लागेको हो । नेपाल सरकारले दुई दिन अघि मात्रै मोदीको सांस्कृतिक भ्रमणको बारेमा औपचारिक जानकारी गराएको छ ।

चक्रवर्ती सम्राट अशोक, राजा कनिस्क र हर्षबद्र्धनपछिको उच्चस्तरीय भ्रमण

यस्तो छ भारतीय प्रम मोदीको भ्रमण कार्यक्रम

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार भारतका प्रधानमन्त्री मोदी जेठ २ गते बिहान ११ बजे हेलिकोप्टरबाट लुम्बिनी आइपुग्ने कार्यक्रम छ । कोषको गुरुयोजनामै रहेको हेलीप्याड अहिले तयार भएका छन् अन्तर्राष्ट्रिय ध्यान केन्द्रको नजिकै रहेको हेलीप्याडमा ओर्लेलगत्तै विश्व सम्पदा सूचीकृत मायादेवी मन्दिर परिसरमा कोषका उपाध्यक्ष र परराष्ट्रमन्त्रीले स्वागत गर्ने कार्यक्रम छ ।

त्यसपछि मायादेवी मन्दिरमा आमन्त्रित भन्ते÷गुरुमाले स्वागत गर्नेछन् । त्यसलगत्तै प्रधानमन्त्री मोदीले मायादेवीमा पूजा गर्ने कार्यक्रम हुनेछ र त्यस अवसरमा मुलुकका सबैभन्दा ठूला भिक्षु र लामा गुरुको उपस्थिति हुने दस्यसचिव शाक्यले बताउनुभयो । पूजा सकिएपछि प्रधानमन्त्री मोदीले मायादेवीको मूर्ति र मार्कर स्टोन निर फूल चढाउनुहुनेछ र त्यसैबेलामा परित्रान पाठ गरिने कार्यक्रम रहेको कोषका सदस्यसचिव शाक्यले बताउनुभयो ।

पूजा सकिएपछि प्रधानमन्त्री मोदीले मायादेवी मन्दिर परिक्रमा गर्ने, अशोक स्तम्भ परिसरमा दीप प्रज्वलन गर्ने, मायादेवी मन्दिर परिसरमै मोदीले यसअघि उपहार स्वरुप पठाएको बोधीवृक्षमा जल सिंचन गर्ने कार्यक्रम छ । तत्कालीन भारतीय राजदूत रञ्जित रेले मोदीले पठाएको बोधीवृक्ष मायादेवी मन्दिर परिसरमा रोप्नुभएको थियो र अहिले उक्त वृक्ष हुर्किसकेको छ । मायादेवी मन्दिरको कार्यक्रमपछि ‘भिजिटर बुक’ मा हस्ताक्षरको कार्यक्रम छ ।

त्यसलगत्तै प्रधानमन्त्री मोदीले लुम्बिनीको पश्चिमी विहार क्षेत्रमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) विहारको एक संक्षिप्त र ऐतिहासिक समारोहीबीच शिलान्यास गर्ने कार्यक्रम रहेको छ । यो विहार भारतीय संस्कृति मन्त्रालयअन्तर्गत रहेको छ । यी कार्यक्रमहरु सकेपछि भारतीय प्रधानमन्त्री लुम्बिनीमै रहेको स्टार होटल पवन होटलमा जानुहुनेछ । त्यहाँबाट फर्केर मोदी अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा आयोजना गरिएको बुद्ध जयन्ति मूल समारोहमा सहभागी हुनुहुनेछ ।

प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण हुने दिन जेठ २ मा बिहान ९ बजेदेखि कम्तीमा तीन घण्टा सर्वसाधारणलाई मायादेवी मन्दिर प्रवेशमा रोक लगाइने भएको र मध्याह्न कार्यक्रम सकिएपछि खुला गरिने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (शिद्धिचरण)ले जानकारी दिनुभयो । उहाँले मित्रराष्ट्रका प्रधानमन्त्री मोदीको भ्रमणले लुम्बिनीको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण टेवा मिल्ने बताउनुभयो । यसका लागि कोषले सबै तयारी मेहनतका साथ गरिरहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार २०:११