६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

शेरबहादुर देउवाकै वडामा कांग्रेस पराजित, एमाले समर्थित भण्डारी विजयी


३१ वैशाख, डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै वडामा नेपाली कांग्रेस पराजित भएको छ । केहीबेर अघि सम्पन्न मतगणनामा डडेल्धुराको गन्यापधुरा-१ मा कांग्रेसका उम्मेदवारलाई हराउँदै एमालेको साथ पाएका स्वतन्त्र उम्मेदवार नरेश भण्डारी विजयी भएका छन । उनी  करुवा चुनाव चिन्हमा प्रतिस्पर्धामा रहेका थिए । भण्डारीले ६७३ मत ल्याउँदा कांग्रेस उम्मेदवारले ५४४ मत प्राप्त गरे ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १७:०१