६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

तिलोत्तमामा गठबन्धनका उम्मेदवारको अग्रता


३१ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जारी मतगणनामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । गठबन्धनबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका रामकृष्ण खाणले कुल पाँच सय मत गणना हुँदा दुई सय १२ मत ल्याएका छन् ।

उनलाई नेकपा एमालेका मोहन चापागाइँले एक सय ६६ मतका साथ पछ्याइरहेका छन् । तिलोत्तमामा वडा नम्बर १ र १७ को मतगणना भैरहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १६:२२