७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

रसुवामा २५ प्रतिशत मत खस्यो


३० बैशाख, रसुवा । रसुवामा २५ प्रतिशत मत खसेको छ । बिहान साढे १० बजेसम्ममा २५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपश्चात दोस्रोपटक भएको स्थानीय तहको निर्वाचनमा शुक्रबार जिल्लामा उत्साहमय रूपमा मतदान भइरहेकाे छ ।

जिल्लाको सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदान सुरु भएको थियो । मतदान गर्न ७ बजेअघिदेखि नै मतदाताहरू लाइनमा बसेका थिए । मतदान केन्द्रहरूमा बिहानैदेखि घुइँचो लागेको छ । वृद्धवृद्धा, अशक्त, अपांगतालगायतका नागरिकहरूको पनि उत्साहजनक रूपमा मतदानमा सहभागी भएका छन् ।

जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । जसमा दुई सय ५५ जना कर्मचारी निर्वाचन गराउन खटिएका छन् । जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली खटिएका छन् ।

जिल्लामा पाँचवटा गाउँपालिका छ । जसमा २७ वटा वडा छन् । जिल्लामा निर्वाचनका लागि एक सय ४५ पदका लागि चार सय ६७ जना प्रतिस्पर्धामा छन् । जसमा पाँचजना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन । अब एक सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ । जिल्लामा ३८ हजार पाँच सय ४५ मतदाता छन् । जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार आठ सय ८५ महिला छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार १०:५२