११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

हिलाम्य मतदान केन्द्र, सास्ती खेप्दै रुपन्देहीकाे मतदाता (फाेटाेफिचर)

https://www.muktinathbank.com.np/online/loan-application

भैरहवा, ३० वैशाख। रुपन्देहीको सिद्धार्थनगर-३ अवस्थित मतदान केन्द्र वर्षाले हिलाम्य भएको छ । बिहीबार र शुक्रबार परेको पानीका कारण मतदान स्थल हिलाम्य भएको हो । साघुरो क्षेत्र रहेको खजहना आधारभूत विद्यालयको मतदान स्थलमा बैकल्पीक व्यवस्था नभएकोले बाध्यात्मक रुपमा हिलो टेकेर भएपनि मतदाताले मताधिकार प्रयोग गरिरहेका छन् ।

वर्षाले तयारी अवस्थामा रहेको मतदान केन्द्रको लाइन लाग्न बनाइएको क्षेत्रमा पानीले हिलाम्य बनाएको छ । मत दिने ठाँउ र मतपेटिका भने सुरक्षित रुपमा राखिएको छ ।

यही मतदान केन्द्रबाट राप्रपाका नेता दिपक बोहराले मतदान गरेका छन् । उनी मतदान गर्न जाँदा हिलोले लडेका थिए । उनका सहयाेगीले सम्हालेका थिए ।

 पानी राेकिए पनि  हिलाम्य हुँदा समस्या भएकाे हाे ।

 

प्रकाशित मिति : May 13, 2022 at 10:43 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/