११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

बाराको देवताल गाउँपालिकामा मतदान पुन: सुरु

https://www.muktinathbank.com.np/online/loan-application

३० वैशाख, बारा । बाराको देवताल गाउँपालिकामा पुन: मतदान सुरु भएकाे छ । शुक्रबार बिहान ७ बजेबाट सुरु भएकाे मतदानमा करिब २५ जनाले सहभागिता जनाएपछि त्यहाँ निकै हल्ला भयो । १०-१५ जना हात हालाहाल भएपछि राेकिएकाे मतदान फेरि सुरु भएकाे हाे । नेपाली कांग्रेसका र लोसपाका कार्यकर्ताबीचकाे झडपका कारण मतदान राेकिएकाे थियाे । झडपलाई सुरक्षाकर्मीले बेलैमा नियन्त्रणमा लिन सफल भएकाे थियाे ।

देवतला गाउँपालिकाका मतदान अधिकृत सुदर्शन ढकालका अनुसार करिब २ घण्टा बसेकाे सर्वदलीय बैठकले पुन: मतदान गर्ने सहमति भएपछि मतदानको प्रक्रिया सुरु गरिएकाे हाे । झडपमा घाइते भएहरुको सदरमुकाम कलैयास्थित कलैया असपतालमा उपचार भइरहेकै छ ।

प्रकाशित मिति : May 13, 2022 at 10:34 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/