२३ बैशाख २०८१, आईतवार | Mon May 6 2024

काठमाडौँका मेयर उम्मेदवार स्थापितले गरे मतदान 


३० वैशाख, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका स्थापितले काठमाडौं–२८ बागबजारस्थित मतदानस्थलबाट बिहान ७ बजेपछि मतदान गरेका हुन् । शुक्रबार बिहान ७ बजेबाट देशभर मतदान सुरु भइसकेको छ । स्थापितले मतदान सुरु भएलगत्तै मत दिएका हुन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार ०७:५५