पूर्वप्रधानमन्त्रीदेखी मुख्यमन्त्रीसम्म -आचारसंहिता विरोधी
काठमाडौं २९, वैशाख । स्थानिय तह निर्वाचन आयोगका निर्देशन अनुसार राजनितिक दलका नेताहरु लगायत अन्य सम्बन्धीत सरोकारवालाहरुलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनकालागी आचारसंहिता पालना गर्न आयोगले आग्रह गरेको हो ।
आयोगका अनुसार मौन अवधिमा के गर्न हुने र के गर्न नहुने प्रावधान पनि जारी गरिसकेको छ । तर, देशका पूर्वप्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मले मौन अवधिमै आचारसंहिता विपरीतको गतिविधि गरे ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्ना पार्टी जनता समाजवादी पार्टी (जसपा)लाई सङ्घीयता, सुशासन, समृद्धि र समाजवादका लागि उक्त पार्टीका उम्मेदवारहरूलाई मत मागे ।
आयोगले जारी गरेको आचारसंहिताअनुसार मौन अवधिमा मत माग्नु हुँदैन । नैतिक प्रश्न उठ्नेगरी भट्टराईले बुधबार मत मागेका हुन् । उनी मात्र होइन, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एक भिडियो सन्देश जारी गर्दै एमालेका उम्मेदवारहरूलाई मत मागे । एमालेका उनी उपमहासचिव पनि हुन् । आयोगले २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्मारह गरेको छ।
प्रकाशित मिति : May 12, 2022 at 11:37 am







