प्रधानमन्त्रीलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने होमनाथ सिक्दे पक्राउ
५ भदौ,काठमाडौँ । महानगरीय अपराध महाशाखाले प्रधानमन्त्रीलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जनालाई पक्राउ गरेको छ ।
महाशाखाको टोलीले फेसबुकमार्फत प्रधानमन्त्रीलाई लक्षित गरी समाजमा भ्रमपूर्ण र नकारात्मक अफवाह फैलाउने कार्यमा संलग्न भक्तपुर सूर्यविनायकका ४४ वर्षीय होमनाथ सिक्देललाई आज दिउँसो बबहरमहलबाट पक्राउ गरेको हो ।
महाशाखाले पक्राउ परेकासँग थप अनुसन्धान गरिरहेको छ । सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने व्यक्तिलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्न व्यक्तिलाई रु एक लाखसम्म जरिवना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।
प्रकाशित मिति : August 21, 2018 at 8:42 pm









