निर्मला बलात्कार प्रकरणःराजनीतिक दबाबमा मुख्य अपराधी बचाएकाे भन्दै स्थानीय अान्दाेलीत
५ भदौ, कञ्चनपुर । १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएकाे घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै स्थानीयले आन्दोलन गरेका छन् ।
हिजाे अभियुक्तका रुपमा दिलिप विष्टलाई सार्वजनिक गरेपनि मुख्य अपराधीलाई अगाडी नल्याएकाे स्थानीयले आरोपलगाएका छन् । विरोध प्रदर्शनमा स्थानीयलार्इ नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
विरोधमा स्थानीयले जिल्ला प्रशासन कार्यालयको गेट तोडफोड गर्न खोजेकाे र स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी ज्ञान सेठीले जानकारी दिए ।
प्रहरीले राजनीतिक दबाबमा मुख्य अभियुक्त बचाउन खोजेको दाबी गरिएको छ । गत १० साउनमा साथी घरमा गएकी निर्मला एकाएक बेपत्ता भएकी थिइन् । भोलिपल्ट उखुबारीमा उनको शव फेला परेको थियो ।
प्रकाशित मिति : ५ भाद्र २०७५, मंगलवार १४:२०