३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

सैनिक गोप्यतामा असर पुगेपछि अार्मी अफिसर्स क्लबमा सर्वसाधारणलाई ‘निषेध’

५ भदाै, काठमाडाैँ । सैनिक गोप्यतामा असर पुगेपछि अार्मी अफिसर्स क्लबमा सर्वसाधारणलाई ‘निषेध’ गरिएको छ । नेपाली सेनाले आफ्नो मुख्यालय (जङ्गी अड्डा)मा रहेको अफिसर्स क्लब (पार्टी प्यालेस)मा सर्वसाधारणलाई ‘निषेध’ गरेको हो । सैनिक गोप्यतामा असर पुग्ने, सुरक्षा संवेदनशीलतामा खलल पुग्ने र हो–हल्ला हुनेजस्ता कारणले क्बल सर्वसाधारणका लागि बन्द गरिएको सेनाले जनाएको छ ।

पहुँचवाला र पैसा हुनेहरूले यसअघि भोज भतेरमा क्लबको प्रयोग गर्दै अाएका थिए । अब क्लबमा अब सरकारी कार्यक्रम र सेनासँग सम्बन्धित व्यक्तिका मात्रै पार्टी आयोजना हुने भएको छ । प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेनाको कमाण्डबाट बाहिरेक्रममा  आर्मी अफिसर्स क्लबमा सेनाबाहेकका व्यक्तिका कार्यक्रम नराख्ने निर्णय नै भएको छ ।

सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीका अनुसार सर्वसाधारणलाई भाडामा दिँदा हो–हल्ला हुने, सुरक्षा संवेदनशीलता खल्बलिने जस्ता असरहरु देखिएका छन ।  उनले सरकार र सरकारी स्वामित्वका संस्थानहरुले चाहेमा आर्मी अफिसर्स क्लवमा कार्यक्रम गर्न सक्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : ५ भाद्र २०७५, मंगलवार ०८:३४