१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

सहमति, सहकार्य र एकता आजको आवश्यकताः अध्यक्ष प्रचण्ड

२३ वैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति, सहकार्य र एकता आजको आवश्यकता भएको बताएका छन् । पाँच दलीय गठबन्धनले आज राजधानीको शान्तिबाटीकामा आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

‘सहमति, सहकार्य र एकता आजको आवश्यकता हो,’ अध्यक्ष प्रचण्डले भने, ‘एकताको बलमा पञ्चायत र राजा फाल्यौं र संविधान बनायौं ।’ एकताको अनुभव हालै सम्पन्न राष्ट्रियसभा र बारको निर्वाचनमा गरेको समेत उनले बताए ।

उनले अहिले देशमा दुई वटा गठबन्धन रहेको बताए । नेकपा एमालेको नेतृत्वमा संविधान विरोध गठबन्धन र पाँच दलीय प्रगतिशितल गठबन्धन रहेको उनले जनाए । कुन गठबन्धन सही र गलत भन्ने स्थानीय निर्वाचनले निक्र्योल गर्ने उनले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार १७:५०