१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

केपी ओलीबाट लोकतन्त्र बच्दैनः जसपा नेता श्रेष्ठ

२३ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट लोकतन्त्रको सुरक्षा हुन नसक्ने बताएका छन् । पाँच दलीय गठबन्धनले आज शान्तिबाटीकामा आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनले ओलीबाट लोकतन्त्र खतरामा परेको बताए ।

‘उखान टुक्का सुनेर, राम्र राम्रा हास्य व्यङ्ग्य सुनेर स्थानीय निर्वाचनमा केपी ओलीको पार्टीलाई बहुमत दिलाए, संसदीय चुनावमा पनि बहुमत दिए, तर के भयो देख्यौं,’ श्रेष्ठले भने, ‘केपी ओलीबाट लोकतन्त्र बच्दैन ।’

उनले सम्बोधनका क्रममा ओलीलाई थारो गाईको संज्ञा दिए । उनले भने, ‘अब केपी ओली आयो लोकतन्त्र बचाउला भनेर दाना खुवाएको छ । बेत लाग्ने गाई भए पो व्याउँथ्यो, थारो गाई के ब्याउँथ्यो ।’ ओलीलाई लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी दिनु मकैबारीमा बादरलाई कुरुवा राखे जस्तै भएको उनले बताए ।

प्रकाशित मिति : May 6, 2022 at 4:21 pm