आफन्त र स्थानीयद्वारा भट्टराईको हत्याको विरोधमा सडकमै शव राखेर प्रदर्शन
४ भदौ, विराटनगर । विराटनगरस्थित हार्डवेयरमा सुरक्षा गार्डमा कार्यरत रहेका टंक भट्टराईको हार्डवेयरमा आइतबार विहान हत्या भएकाे थियाे ।हत्यामा संलग्नको पहिचान गरी कारवाही गर्न माग राख्दै भट्टराईका आफन्त र स्थानीयले सोमबार सडकमा शव राखी विराटनगरमा प्रर्दशन गरेका छन् ।
विराटनगर ४ का ५० वर्षीय भट्टराईको आँखामा गम्भीर चोट लागेकाे थियो भने शरीरका विभिन्न ठाउँमा पनि चोट देखिएकाे थियो । भट्टराईको शव हार्डवेयरको पसलको कोठामा फेला परेको थियो ।
प्रकाशित मिति : ४ भाद्र २०७५, सोमबार २०:०५