२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

परमादेशी सरकारको चमत्कारः मेयरका उम्मेदवार नै मतदान अधिकृत


२२ वैशाख, सिन्धुली । टंकविक्रम थापा कमलामाई नगरपालिकाका कानुन अधिकृत हुन । उनि नेकपा एमाले विभाजन भएपछि एकिकृत समाजबादीमा संलग्न छन् । पार्टी गतिविधि गरि रहेका छन् । यो त सामान्य विषय भयो । राजनीतिमा नलाग्ने को नै छ र त्यो पनि यो चुनावको मुखमा तर उनि राजनीतिमा मात्र लागेनन् एकिकृत समाजबादीले उनलाई कमलामाई नगरपालिकाको मेयर पदमा उम्मेदवार घोषणा नै ग¥यो ।

१६ अप्रिल अर्थात बैशाख ३ गते थापाको सामाजिक सञ्जालमा आफू मेयर र शान्ता पाख्रिन उप मेयर उम्मेदवार सिफारिस भएको पोष्ट छ । तर उनले नगरपालिकाको कानुन अधिकृतबाट राजीनामा दिएनन् । १२ गते उम्मेदबारी दर्ता गर्दा उनको दल नेकपा एकिकृत समाजबादीले गठबन्धनलाई सहयोग गर्ने भन्दै नेपाली कांग्रेसका उम्मेदबार उपेन्द्र पोखरेललाई मेयरमा सघाउने भयो उनि उम्मेदबार भएनन् ।

उनी उम्मेदबार नभए पछि कमलामाई नगरपालिकाको कानुन अधिकृत कै काम गरिरहे तर सामाजिक सञ्जालमा कलम चिन्हका उम्मेदवारहरुको चुनाव प्रचार प्रसामा सक्रिय जुन सरकारी कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता विपरित छ । आचार संहिता विपरित काम गरिरहेको सरकारी कर्मचारीलाई सचेत गराउनु पर्ने निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कर्यालयले उल्टै तिनै समाजबादीका प्रचार प्रसारमा सक्रिय थापालाई अब कुनै निर्वाचन बुथमा मतदान अधिकृत बनाएर पठाउने भएको छ ।

जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले बैशाख २३ गते देखि तालिम हुने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको नामको सूचि प्रकाशन गरेको छ जसको ४ नम्बर सूचिमा थापाको नाम उल्लेख छ । आफ्नो साकाजिक सञ्जाल भरि एकिकृत समाजको प्रचार प्रसार गर्ने, आफू मेयरमा सिफारिस हुने, गठबन्धनलाई सहयोग गर्ने, चुनावि गतिविधिमा संलग्न भई रहने थापा मतदान अधिकृत भएर जादा कस्तो भूमिका निर्वाह गर्लान् ? मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी लगायतले यसको के मूल्याङ्कन गरेका छन् ?

थापा मात्र होइन निर्वाचनमा राजनीतिक दल निकटका कर्मचारी र शिक्षकका पेशागत संघ संगठनमा संलग्न हरुलाई पनि नखटाउने निति भएपनि सत्ता गठबन्धन निकटका पेशागत संघ संगठनका कर्मचारीहरुले भने चुनावमा खटिने अवसर पाएका छन् । जुन कुराको पुष्टि निर्वाचन कार्यालयले २० गते देखि तालिमका लागि बोलाएर सार्वजनिक गरेको सूचिले नै प्रष्ट पारेको छ । कांग्रेस निकट निजामती कर्मचारी यूनियनका केन्द्रिय प्रतिनिधि गोविन्द प्रसाद कोईराला, कर्मचारी युनियनका नि बर्तमान अध्यक्ष सूर्य घिमिरे, पूर्व अध्यक्ष विनोद प्रसाद अधिकारी, शिक्षक संघका नेता मोहन शाही ठकुरी लगायतका दर्जनौ सत्ता गठबन्धन निकटका पशोगत संघ संगठनमा आबद्ध शिक्षक कर्मचारीलाई निर्वाचनमा मतदान अधिकृतको रुपमा खटाउने योजना बनाईएको छ ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटा, जिल्ला निर्वाचन कार्यालय सिन्धुलीकी निर्वाचन अधिकारी पुष्पा कुमारी झा ले सत्ता गठबन्धनको प्रभावमा परेर यसरी मतदान अधिकृत छनौटमा अनियमितता गरेका हुन । उनिहरुले सत्ता गठबन्धनका उम्मेदबार दिर्घराज श्रेष्ठको उमेदबारी नाटकीय रुपमा दर्ता गर्ने प्रक्रियामा समेत अनियमितता गरेका थिए । उपमेयर श्रेष्ठको नाम पहिला दावि विरोधका लागि नाम प्रकाशन गरेर उनको नाम समानुपातिकको बन्द सूचिमा भएकाले दावि विरोधका आधारमा हटाउनु पर्ने भएपनि दावि विरोधका लागि नामै प्रकाशन भएको थिएन । बैशाख १२ गते नाम दर्ता नै नभएका श्रेष्ठलाई एकाएक बैशाख १५ गते उम्मेदबार बनाईएको थियो ।

उनको नाम समानुपातिक सूचिमा हुनु बाहेक उनले अन्य अनियमितता, बेरुजु, केहि भएको भए त्यसको उजुरि दिन कहिले हो सिन्धुली मुख्य निर्वाचन अधिकृत सँग यसको जवाफ छैन । अझ मुख्य निर्वाचन अधिकृतले क.न.पा. २ भद्रकालिमा स्वतन्त्र उमेदबार उठेका चार जनालाई निर्वाचन चिन्ह प्रदान गर्ने बेलामा पनि राजनीतिक प्रभावमा परेर उनिहरुलाई फरक फरक पद हुदा पनि एउटै चिन्ह दिन अस्विकार गरेका थिए ।

सत्ता घटक दल नेपाली कांग्रेस र नेकपा माओवादी बाट नै विद्रोह गरेर वडा अध्यक्ष सहित प्यानलमा स्वतन्त्र उम्मेदबारी परेको भद्रकालिका उम्मेदबारीहरुलाई सापकोटाले फरक फरक चुनाव चिन्ह दिएर कांग्रेस र माओवादीलाई सहयोग पु¥याउन खोजेका थिए । तर उनिहरुले समूह सहित होहल्ला गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमे धर्ना बस्ने चेतावनी दिएपछि मात्र एउटै खरायो चुनाव चिन्ह प्रदान गरिएको थियो ।

जिल्लाको मरिण गाउँपालिकामा विप्लव नेतृत्वको माओवादीका तीन जना स्वतन्त्र उम्मेदबारले फरक पद भएकै कारण एउटै चुनाव चिन्ह पुतलि पाई सक्दा पनि सिन्धुलीमा भने दिन नमिल्ने, सफ्टवेयरले मान्दैन, मैले माथि पठाईसके जस्ता गैर जिम्मेबार कुरा गरेर स्वतन्त्र हरुलाई टार्ने र गठबन्धनका दलहरुलाई सहयोग पु¥याउने गरि काम गरेका थिए ।

मुख्य निर्वाचन अधिकृतको दलगत गतिविधि पछि नेकपा एमालेका नेताहरु कार्यकर्ता देखि उम्मेदवार सम्म सबै झस्कीएका छन् र अब मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत सिडिओ को नै कडा निगरानी गर्नुपर्ने अवस्थामा पुगेको एक एमाले नेताले बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार १८:४०

https://srdb.com.np/