२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

ताप्लेजुङमा कांग्रेस उम्मेदवारले मतदातालाई बाँड्न लागेको पाइप र ट्याक्टर समातियो


२२ वैशाख, ताप्लेजुङ । नेपाली काँग्रेसबाट ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारीमा वडाध्यक्षका उम्मेदवार सोम बिमलीले मतदातालाइ प्रभावित पार्न सिचाँइको पाइप ल्याई बितरण गर्ने तयारी गर्दै गर्दा एमाले कार्यकर्ताले ट्याक्टर र सिचाँइ पाइप पक्राउ गरी निर्वाचन कार्यालयमा बुझाएका छन् ।

निर्वाचन आचार संहिताको उल्लंघन गर्दै बिमलीले यो कार्य गरेपछि नेकपा एमालेका नेता कार्यकर्ताहरुले को २ त ९१२७ नम्बरको ट्याक्टरमा मतदातालाइ प्रभावित गर्नेगरी बाँड्न ल्याएको सिचाँइ पाइप निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको भन्दै एमालेले आचार संहिता उल्लंघनमा निज बिमलीलाइ कारवाही गर्न माग गरेको छ ।

एमालेकातर्फबाट आठराइ त्रिबेणी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार दीपेन्द्र पोमूले बिमलीबाट पटकपटक मतदाता प्रभावित पार्नेगरी बिभिन्न सामग्री बितरण भइरहेकोले यसअघि पनि निर्वाचन अधिकृतको कार्यालयमा मौखिक जानकारी गराएको बताउनु भएको छ । एमालेले पटकपटक आचार संहिता बिपरितका कार्य गर्ने बिमलीलाइ कारवाही नगरे प्रतिरोधमा उत्रने चेतावनी पनि दिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार १८:०७