२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

सेयर बजारकाे ओरालो रोकिएन, बिहीबार ३७ अंकको गिरावट

२२ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली सेयर बजार नेप्से ३७ अंकले घटेको छ । निरन्तर ओरालो लागेको नेप्से परिसूचक बिहीबार घटेर २२ सय ३८ दशमलव ६२ अंमा पुगेर बन्द भएको हो । नेप्से परिसूचक बुधबार ३१ दशमवल ७६ अंकले गिरावट आएको थियो । नेप्से २२ सय ७५ अंकबाट खुलेको सेयर बजार अन्तिम समयमा घटेर २२ सय ३८ मा पुगेर बन्द भएको छ ।

बजारमा सेन्सेटिभ इन्डेक्स ४ दशमलव ३४ अंकले घटेर ४ सय ३२ अंकमा पुगेको छ। यो साता तीन दिन मात्र खुलेको सेयर बजार निरन्तर ओरालो लाग्दै आएको छ । सोमबार २३ सय ५८ बाट खुलेको नेप्से बजार साताको अन्तिम दिन बिहीबार २२ सय ३८ अंकमा झर्दा नेप्से एक सय २० अंकले गिरावट आएको छ ।

साताको पहिलो दिन आइतबार र तेस्रो दिन मंगलबार सार्वजनिक बिदाले बन्द रहेको थियो । नेप्सेमा बिहीबार ४६ लाख ७४ हजार ९ सय ४० कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६५ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा बिहीबार दुई सय ३२ कम्पनीको सेयर खरिदबिक्री हुँदा दुई सय १४ कम्पनीका सेयरधनीले गुमाएका छन् भने आठ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।

प्रकाशित मिति : May 5, 2022 at 4:29 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/