२७ बैशाख २०८१, बिहीबार | Fri May 10 2024

चितवनमा संयुक्त सभालाई सम्बोधन गर्दौ प्रचण्डले भने– लाल सलाम, जय नेपालको अभिवादन


२२ वैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको संयुक्त सभालाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले लाल सलाम र जय नेपाल दुवै शब्दावलीको प्रयोग गरेका छन् ।

नेपाल कांग्रेसका नेता तथा कार्यकर्ताबीच ‘जय नेपाल’ प्रचलनमा रहेको थियो भने कम्युनिस्ट नेता तथा कार्यकर्ताबीच ‘लाल सलाम’ शब्दावली प्रचलनमा रहेको थियो । तर, प्रचण्डले आज सम्बोधन गर्दा एकसाथ दुवै शब्दाली प्रयोग गरे ।

‘आदरणीय जनसमुदाय लाल सलामा र जय नेपालको अभिवादन,’ अध्यक्ष प्रचण्डले भने । लाल सलाम र जय नेपालको प्रयोग सम्बोधनका क्रममा एकसाथ भन्ने सुरुवात २०४६ सालका जनआन्दोलन अघिबाट भएको दाबी उनले गरे । कांग्रेस र कम्युनिस्ट मिलेर पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलन सुरु गर्दा लाल सलाम र जय नेपालले सम्बोधन गर्न थालिएको उनले बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार १६:१९