ओखलढुङ्गामा चट्याङ लागेर एक जनाको मृत्यु
२२ वैशाख, ओखलढुङगा । लिखु गाउँपालिका–८ टारकेराबारी बस्ने ४४ वर्षीय देव बहादुर दर्जीको चट्याङ लागेर बुधबार साँझ मृत्यु भएको छ । देव बहादुर र सोही ठाउँ बस्ने ४० वर्षीय मेघ बहादुर दर्जी घर नजिकै रहेको चौतारामा बसिरहेको अवस्थामा पानी सगै परेको चट्याङ लागि दुवै जना घाइते भएका थिए ।
उनीहरु अचेत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गामनाङटारबाट खटिएको प्रहरीले घाइतेहरुलाई उपचारको लागि तामाकोशी अस्पताल रामेछाप पठाएको थियो । उपचारको क्रममा देव बहादुर दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ । मेघ बहादुरलाई थप उपचारको लागि पाटन अस्पताल ललितपुर रिफर गरिएको छ ।
प्रकाशित मिति : May 5, 2022 at 1:09 pm









