१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

जुम्लामा पहिरोमा पुरिएर दुई जना बालकको मृत्यु

२२ वैशाख, जुम्ला । तिला गाउँपालिका–२ डुडेलीमा सुख्खा पहिरो आउँदा पुरिएर २ जनाको मृत्यु भएको छ । रण बहादुर बोहोराको घरको जग उठाउँदै गरेको अवस्थामा बुधबार माथिबाट सुख्खा पहिरो आउँदा पुरिएर उनीहरुको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर उक्त स्थानमा खेलिरहेका रण बहादुर बोहोराको छोरा ३ वर्षीय शिशिर बोहोरा र सोही ठाउँ बस्ने दल बहादुर रावतको छोरा ३ वर्षीय हिमेश रावतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा दुई जना बालक पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रारालिहि र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उद्धारका क्रममा उनीहरूको शव फेला पारेको हो ।

प्रकाशित मिति : May 5, 2022 at 12:53 pm