राेल्पामा माओवादी कार्यकर्ताद्वारा ‘एमाले-कांग्रेस’ गठबन्धनका उम्मेदवारमाथि आक्रमण
२२ वैशाख, राेल्पा । रोल्पाको माडी गाउँपालिकामा ‘एमाले-कांग्रेस’ गठबन्धनका उम्मेदवारमाथि आक्रमण भएको छ। बुधबार राति माडीकाे तालाबाङमा वडाध्यक्षका उम्मेदवार निमबहादुर डाँगीमाथि एकीकृत समाजवादीका जिल्लास्तरीय नेताकाे याेजनामा वाइसीएलले आक्रमण गरेको बताइएको छ।
चुनावी प्रचार सम्पन्न गरेर फर्कदै गर्दा माओवादी कार्यकर्ताले आफूमाथि आक्रमण गरेको वडाध्यक्षका उम्मेदवार डाँगीले बताएका छन्। वाइसीएल कार्यकर्ताले प्रहार गरेको ढुँगा र लाठीले उम्मेदवारकाे टाउकाेमा गम्भीर चाेट लागेको छ। घाइते वडाध्यक्षका उम्मेदवारलाई थप उपचारका लागि दाङ पठाइएको छ।
वाइसीएलले घरछेउमा डाँगीमाथि आक्रमण गरेपछि स्थानीयले प्रतिकार गरेकाे बताइएको छ। उनीहरूले २०-२५ जनाकाे संख्यामा पुगेका वाइसीएल कार्यकर्ता त्यहाँबाट भगाएका छन्। कतिययलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ।
घटनास्थलमा राति नै प्रहरी पुगेर भीड नियन्त्रण गरेको छ। उम्मेदवारमाथि आक्रमण गर्ने वाइसीएलहरू वडाभन्दा बाहिरबाट गएको गठबन्धनकाे आराेप छ।
प्रकाशित मिति : May 5, 2022 at 10:13 am









