१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

बम नभेटिएपछि विमान उडान सुरु

२१ वैशाख, काठमाडौं । त्रिभुवन विमानस्थलमा बम फेला नपरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले बताएका छन् । खोजतलासको कतै पनि बम फेला नपरेको भन्दै त्रासपूर्ण वातावरण नभएको पनि बताए ।

‘केही छैन । तै पनि अपरेसन हुँदै छ । भित्र केही देखिएन । कसले र कसरी फोन गरेर बम छ भन्यो ? अनुसन्धान भइरहेको छ’ एसएसपी कुँवरले न्युज कारखानासँग भने । बिहान १० बजेतिर विमानस्थलको एउटा ल्यान्डलाइन फोनमा फोन गरेर नचिनेका मानिसले आफू मुस्लिम समुदायको मान्छे भन्दै विमानस्थल परिसरमा बम राखेको र डिस्पोज गर्न चुनौती दिएको प्रहरीले जनाएको छ ।

त्यसपछि विमानमा चढ्ने क्रममा रहेका यात्रुहरूलाई ओरालेर बाहिर निकालिएको थियो । तर, केही शंकास्पद बस्तु फेला नपरेपछि करिब डेढ घन्टापछि विमान उडान सुरु भएको छ ।

प्रकाशित मिति : May 4, 2022 at 11:40 am