९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

स्थानीय तह निर्वाचनकाे अघिपछि लगातार ६ दिन विदा

२० वैशाख, काठमाडाैँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकाे समयमा लगातार ६ दिन सार्वजनिक विदा परेको छ ।  वैशाख ३० गते निर्वाचन हुने दिन सार्वजनिक विदा परेको छ । यसैगरि वैशाख ३१ गते शनिवार नियमित विदा परेको छ । सरकारले यसअघि नै जेठ महिनादेखि सातामा २ दिन विदा दिने निर्णय गरिसकेकाे छ । त्यसैलै, जेठ १ गते आइतबार परेको हुँदा सो दिन पनि विदा परेको छ ।

जेठ २ गते बुद्ध जयन्ती परेकाले सार्वजनिक विदा रहेको छ । सरकारले स्थानीय तहको निर्वाचन हुनुभन्दा एक दिन अघि सार्वजनिक विदा दिने तयारी गरेको छ । कामको सिलसिलामा अस्थायी बसोबास गर्ने मतदातालाई स्थायी थलोमा पुग्न सरकारले निर्वाचनको अघिल्लो दिन नै सार्वजनिक विदा दिने अभ्यास विगतमा समेत गरेकाले याे पटक पनि वैशाख २९ गते विदा दिने पक्का भएकाे छ ।

सरकारले मतदान केन्द्र रहेका स्कूल, कलेज, स्वास्थ्य चौकी लगायत सार्वजनिक निकायहरु भने वैशाख २८ गतेदेखि नै बन्द गर्ने निर्णय गरिसकेको छ । मतदान तथा सुरक्षाको हिसावले सम्पूर्ण तयारी गर्नुपर्ने भएकाले २८ गते नै बन्द गर्ने निर्णय गरेको हो ।  यसरी हेर्दा स्थानीय तह निर्वाचनकाे अघिपछि लगातार ६ दिन विदा हुने भएकाे हाे ।

प्रकाशित मिति : May 3, 2022 at 4:55 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/