८ असार २०८३, सोमबार | Mon Jun 22 2026

एकीकृत समाजवादीबाट वडाअध्यक्षमा उम्मेदवारी दिएका कोइराला पार्टी छाडेर एमाले प्रवेश

१९ वैशाख, भक्तपुर । नेकपा एकीकृत समाजवादी पार्टीबाट भक्तपुरकाे मध्यपुरथिमी नगरपालिका १ मा वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका शंकर कोइरालाले पार्टी छाडेका छन् ।

पार्टी परित्याग गरेलगत्तै उनि नेकपा एमाले प्रवेश गरेका छन् । उनीसँगै वडा सदस्य पदका उम्मेदवार किरण श्रेष्ठले पनि पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष वचन देउजाले पार्टीमा स्वागत गरेका छन् ।

प्रकाशित मिति : May 2, 2022 at 9:59 pm