८ असार २०८३, सोमबार | Mon Jun 22 2026

ककनीलाई नगरकोट सरह बनाउन पर्यटनमा लगानी भित्र्याउछाैँः अध्यक्षका प्रत्याशी अधिकारी

१९ वैशाख, काठमाडाैँ । २०४६ सालपछी नेकपा एमालेले सत्ता प्राप्त गर्न नसकेको ककनीमा यस पटक भने नेकपा एमालेले जित सुनिश्चितता गर्ने आधारहरु तय भएको छ । २०४६ पछी २०५१ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि एमालेले तत्कालिन ककनी गाविसमा हार ब्यहोर्नु परेको थियो । त्यसयता हालसम्म ककनीमा एमालेले सत्ता सम्हालेको छैन

त्यतिबेलाको विरता भत्काउँदै ककनीमा एमालेले इतिहास रच्ने तयारी गरेको हो । नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेद्वार काशिराज अधिकारी र उपाध्यक्षका उम्मेद्वार लजिता लामा(सुनिता) मतदातासँग परिचयात्मक कार्यक्रममा घरदैलोमा पुग्दा स्थानीय खुशीका साथ सामेल भएको र शुभकामना प्रदान गर्ने गरेको ककनी निर्वाचन परिचालन कमिटीका संयोजक राजु लामाले बताए ।

नेकपा एमाले माथि आशा र भरोसा गर्दै ककनी गाउँपालिकामा सयौंको संख्यामा एमाले प्रबेश गर्नेको लहर चलेको कमिटीका सचिव समीर बलामीले बताए । सुन्दर पर्यटकीय समृद्ध ककनीको नारा बोकेको एमालेप्रती स्थानीय समुदायको आकर्षणले नेकपा एमालेको जितको औपचारिकता मात्रै बाँकी भएको स्थानीय अशोक लामाले बताए ।

२०५४ सालमा तत्कालिन थानसिङ गाविसबाट गाविस अध्यक्ष जितेका अध्यक्षका उम्मेद्वार अधिकारी ककनीमा लोकप्रिय नेता हुन । डिग्री पास गरेका अधिकारी ककनीमा औधी रुचाइएको नाम हो । नेकपा एमाले नुवाकोट जिल्ला उप-सचिव समेत रहेका उनले ककनीलाई समृद्ध ककनी बनाउन कृषि, स्थानीय उत्पादन, पर्यटन र पूर्वाधारलाई जोड दिनेगरी योजना रहेको बताएका छन् । उनले समृद्ध ककनीका लागि नगरकोटको हैसियतामा पुग्ने गरी पर्यटनमा लगानी भित्राउन पहल गर्ने बताएका छन ।

आफुले जितेको कार्यकाल भित्र ककनीमा समृद्ध ककनीको आधार तय गर्ने प्रतिवद्वता गरेका उनलाई ककनीवासीले स्वतस्फुर्ट रुपमा वडा वडामा स्वागत गरेका छन् । बिभिन्न पार्टी पारीत्याग गरी नेकपा एमाले प्रबेश गरेका युवाहरुले ककनीमा इतिहास रची छाड्ने तयारीका साथ एमाले प्रबेश गरेको स्थानीय हरी बजगाईले बताएका छन् ।

गठबन्धनको सहमतिको नाममा अन्तिम समयसम्म उम्मेद्बारी टुंगाउन नसकेको कांग्रेस माओवादीले आफ्नो उम्मेद्वारसमेत प्रतिस्पर्धाको आधारमा टुंगाउँदा किचलो शुरु भएको थियो । जसको प्रत्यक्ष फाईदा नेकपा एमालेलाई भएको छ । संगठनलाई बलियो रुपमा स्थापित गरेको एमालेले ककनीमा झन्डै १५ सय कार्यकर्ता आफ्नो पर्टीमा भित्राएका छन् ।

एमालेबाट अल्लगिएर गएको माधव नेपालको पार्टी नेकपा एसको प्रभाव खासै नरँहदा र सो पार्टीबाट अध्यक्ष उम्मेद्वार नहुँदा नेकपा एमालेलाई थप फाईदा भएको छ । गठबन्धन दलहरुकै प्रतिस्पर्धा र पेचिल्लो असहमतिको बिचमा एमाले पहिलो शक्तीको रुपमा स्थापीत हुँदै इतिहास रच्ने अवसर एमालेमा प्रवल बढेको छ ।

प्रकाशित मिति : May 2, 2022 at 10:05 am