१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

हेटौंडा–२ मा गठबन्धनको प्रतिबद्धता सार्वजनिक

१७ वैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का सत्तारुढ गठबन्धनका उम्मेदवारहरूले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका नेपाली कांग्रेसका विष्णुगोपाल महर्जनले वडाअन्तर्गतका सडकहरूको ‘सडक अधिकार’ क्षेत्रभित्रका जग्गाहरूको लगत कट्टा गरी हाल साबिक गरिने बताए ।

हेटौंडा ५ र २ को सिमाना खोल्सीमा तटवन्धन र पैदलमार्ग निर्माण गर्न बहुवर्षीय योजना तयार गरिने उनको भनाई छ । उनले हेटौंडा–२ को अव्यवस्थित भएको ढल व्यवस्थित गर्ने बताए । ‘खेलाडी उत्पादनका लागि तालिम तथा खेलकुद आयोजना गरिनेछ । साथै उपयुक्त स्थान भेटिएमा खुला व्यायामशाला निर्माण गरिनेछ,’ उनले भने ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार १८:५६