१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

बसको ठक्करबाट धादिङमा स्कुटर चालकको मृत्यु

१७ वैशाख, काठमाडौं । बसको ठक्करबाट धादिङमा स्कुटर चालकको मृत्यु भएको छ । धादिङको बेनिघाट-३ शीतलबजारमा बस र स्कुटर आपसमा ठोक्किदा स्कुटर चालकको ज्यान गएको हो ।

मृत्यु हुनेमा स्कुटर चालक गोरखा आँपपीपलका ३० वर्षीय विक्रम थापा मगर रहेको प्रहरीले जनाएको छ । शनिबार बिहान पौने १० बजे दाङबाट काठमाडौं आउँदै गरेको ना६ख ९२५ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश ३ ०२ ०१० प ३९८५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार १७:५७