१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

सिरहामा १० जनाको उम्मेद्वारी फिर्ता

१७ वैशाख, सिरहा । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारी मनोनयन दर्ता गराएका ६ जना मेयर र ४ जना उपमेयरसहित १० जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । नेकपा (एकीकृत समाजवादी) बाट गोलबजार नगरपालिकामा मेयर पदमा उम्मेद्वारी दिएका धर्मनाथ महतो र उपाध्यक्षका उम्मेद्वार गोमा लम्सालले मनोयन फिर्ता लिएका छन्। उनीहरुले स्थानीयस्तरमा नेकपा (माओवादी केन्द्र)लाई सहयोग गर्ने भएको छ।

जनता समाजवादीबाट धनगढीमाई नगरपालिकामा मेयर पदमा उम्मेद्वारी दिएका विनोद चौधरी, औरही गापामा अध्यक्ष पदमा राप्रपाबाट उम्मेदवारी दिएका सुकदेव यादव र जसपाबाट उम्मेद्वारी दिएका रामविलास यादवले पनि उम्मेद्वारी फिर्ता लिएका छन्।

भगवानपुर गाउँपालिकाबाट अध्यक्ष पदका उम्मेद्वार रामकुमार यादव र कुन्ति कुमारी यादवले पनि उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जनाएको छ।

त्यसैगरी, उपाध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेद्वारी दिएकी पुनम मोची, लोसपाबाट मिर्चैया नगरपालिकाको उपमेयरमा उम्मेद्वारी दिएकी गुरीया कुमारी, सुखिपुर नपामा नेपाली काँग्रेसबाट उपमेयरका उम्मेद्वार बनेकी सुनिता कुमारी यादवले पनि आफ्नो मनोनय फिर्ता लिएकि छिन्।

प्रकाशित मिति : April 30, 2022 at 12:36 pm