१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

केरूङबाट अाउने चिनियाँ रेल नुवाकोटमा झुलुक्क देखिएर सीधै काठमाडाैँ अाइपुग्ने

४ भदाै, काठमाडाैँ । नेपाल–चीनको सीमा क्षेत्र केरुङबाट काठमाडौं जोड्ने रेलमार्ग निर्माणको काम चुनौतिपूर्ण मात्रै नभई सम्पन्न भएमा विश्वकै नविनतम् आश्चर्यजनक परियोजना समेत हुने भएको छ । हाल एक सय ५० किमी दुरीको पासाङल्हामु राजमार्ग रहेको सो खण्डमा रेलमार्ग निर्माण भएपछि आधा भन्दा कम अर्थात कूल ७२.२५ किमी मिटरमा सीमित हुनेछ ।

प्रारम्भिक रुपमा गरिएको अध्ययनको प्रतिवेदनमा उल्लेख भए अनुसार नेपाल–चीन सीमा क्षेत्र केरुङबाट जमिन भित्र प्रवेश गर्ने रेल नुवकोटमा झुलुक्क मात्रै देखिनेछ । त्यसपछि पुनः सुरुङभित्र प्रवेश गरेपछि काठमाडौंको बालाजुमाथि आईपुग्ने छ ।

चीनले तयार गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनमा जम्मा १०८३ मिटर मात्रै जमिन बाहिर देखिनेछ । जसमध्ये थोरै केरुङमा जमिनभित्र प्रवेश गर्नेअघि स्टेशन, काठमाडौंस्थित स्टेशन समेत हिसाब किताब गर्दा नुवाकोटमा जम्माजम्मी ३०० मिटरदेखि ५०० मिटरसम्म मात्रै जमिन बाहिर देखिनेछ । कूल ७२.२५ किमी दुरी रहने रेलमार्गको ७०.९५ किमी दुरी जमिनभित्र हुनेछ ।

त्यस बाहेक जमिन भित्र दौडने रेलमार्ग निर्माण गर्न करिब नौ वर्ष समयावधी लाग्ने र कूल लागत दुई खर्ब ५७ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक रुपमा तयार गरिएको प्रवेदनमा जनाइएको छ । प्रतिवेदन अाज बेईजिङमा सार्वजनिक हुदैछ । प्रवेदनबारे ब्रिफिङ लिन भौतिक पूर्वाधार मन्त्रालयको टोली हिजै बेईजिङ गएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७५, सोमबार ०४:५४