१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

अछाममा कांग्रेसको सहसचिव नै पार्टी परित्याग गरी एमाले प्रवेश

१७ वैशाख, अछाम । अछाममा नेपाली कांग्रेस परित्याग गर्ने बढेका छन । स्थानीय निर्वाचनको सम्मुखमा माओवादी केन्द्रमा मत दिन नसक्नेहरू पार्टी परित्याग गरेर एमाले प्रवेश गर्न थालेका हुन ।

शुक्रबार मात्रै कांग्रेसको अछाम क्षेत्र नम्बर २ का क्षेत्रीय सह सचिव पुष्पराज भण्डारी सहित २० जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन।

जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर ६ ठुलासैनमा एक कार्यक्रमका नेता भण्डारी सहित २० जना नेता तथा कार्यकर्ताले कांग्रेस पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश भएका छन् ।

नेपाली काँग्रेसको मंगलसैन नगरपालिका कार्य समितिका निवर्तमान सभापति समेत रहेका भण्डारी स्थानीय निर्वाचनमा वडा अध्यक्ष पदका आकाङ्क्षी थिए । तर पार्टीले उनी भन्दा जुनियर मान्छेलाई टिकट दिएको भन्दै भण्डारी सहित दर्जनौँ कार्यकर्ता असन्तुष्ट बनेका थिए ।

विगत ३५ वर्षदेखि नेपाली काँग्रेसको सिपाहीका रुपमा काम गरेका भण्डारीको पार्टी परित्यागले नेपाली कांग्रेस क्षेत्र नम्बर २ मा ठुलो धक्का पुग्ने देखीएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार १०:४३