१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

स्वतन्त्र उम्मेदवारलाई चिन्ह प्रदान गर्दै निर्वाचन आयोग

१७ वैशाख, काठमाडाैँ । निर्वाचन आयोगले आज निर्वाचन चिह्न प्रदान गर्दै छ । स्थानीय तह निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र तर्फबाट उम्मेदवार भएकाहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने भएको हो ।

शुक्रबार उम्मेदवारी फिर्ताको कार्यतालिका थियो । त्यसअघि भने आयोगले उम्मेदवारी दर्ता, दाबी–विरोध र उजुरीको जाँचबुझ गरेको थियो ।

यी प्रक्रिया पूरा भएपछि आयोगले आज निर्वाचन चिह्न प्रदान गर्न लागेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।आयोगले दिएको निर्वाचन चिह्नमा मतदाताहरूले उम्मेदवारलाई मतदान दिन्छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार १०:२०