१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

नेकपा एसका मेयर र उपमेयरसहित १० जनाले लिए उम्मेदवारी फिर्ता

१६ वैशाख, सिरहा । यही वैशाख ३० मा हुने स्थानीयतह निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका एक मेयर र एक उपमेयरसहित १० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट गोलबजार नगरपालिकामा मेयर पदका उम्मेदवार धर्मनाथ महतो र उपमेयर पदका उम्मेदवार गोमा लम्सालसहित १० जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

नेकपा एसकै तर्फबाट वार्ड नम्बर ६ का वडा अध्यक्ष, महिला सदस्य र दलित महिला सदस्यले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत शिवप्रसाद आचार्यले जानकारी दिए । त्यसैगरी स्वतन्त्र उम्मेदवारी दिएका वडा नम्बर १२ र १३ का वडा अध्यक्ष, वार्ड नम्बर ५ का महिला सदस्यले पनि उम्मेदवारी फिर्ता लिएको अधिकृत आचार्यले जानकारी दिए ।

जिल्लामै सबैभन्दा बढी उम्मेदवारी परेको छ । मेयर पदका लागि २९, उपमेयर १७, १३ वटा वडाका लागि वडाध्यक्ष ९०, खुला सदस्य एक सय ३६, महिला सदस्य ६४ र दलित महिला सदस्य ६८ गरी चार सय दुई जनाको उम्मेदवारी दिएका थिए। जसमध्ये आज एक मेयर र एक उपमेयरसहित १० जनाको नाम फिर्ता आएको हो । त्यसैगरी, मिर्चैया नगरपालिकाबाट एक उपप्रमुख, दुई जना वडाध्यक्ष, एक जना सदस्य सहित ४ जनाले उम्मेदवारी फिर्ता लिएको जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार १८:२२