१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

उम्मेदवार बनेका नेपाली कांग्रेसका पूर्व उपसभापति लामा एमाले प्रवेश

१६ वैशाख, दोलखा । नेपाली कांग्रेस दोलखाका उपसभापति छवि लामा एमाले प्रवेश गरेका छन । नेपाली कांग्रेस परित्याग गरेर लामा एमाले प्रवेश गरेका हुन । उनले अब देशमा कांग्रेसको औचित्य सकिएको बताए ।

शुक्रबार चरिकोटमा आयोजित एक कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य पार्वत गुरूङले उनलाइ एमालेमा स्वागत गरे । लामा बैतेश्वोर गाउँपालिकाको उपप्रमुखका उम्मेदवार पनि हुन । अब उनी एमालेका तर्फबाट गाउँपालिका उपाध्यक्षको उम्मेदवार हुनेछन ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार १३:३०